एजेन्सी– अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आज भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकालेको छ ।


ADVERTISEMENT


अमेरिकाको मिसिगन, एन अर्बोरमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


खेलको सुरूवाती २८ औं मिनेटमा साडिओ मानेले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाएका थिए । तर त्यसको केही मिनेटपछि नै आन्द्रेयास परेराले फ्रि–किकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ बराबरीमा सकिए पनि दोश्रो हाफमा भएका तीन गोलले युनाईटेड स्तब्ध हुन पुग्यो ।

६६ औं मिनेटमा ड्नियल स्टुरेजले गोल गर्दै खेलमा पुनः अग्रता दिलाएका थिए । यस्तै ७४ औँ मिनेटमा शेयी ओजोले गोल गर्दै अग्रता दोब्बर पारेको लिभरपुलका लागि ८२ औं मिनेटमा शाक्विरीले गोल गरेपछि लिभरपुलले युनाइटेडमाथि ४–१को सानदार जित निकालेको थियो ।