हेटौँडा– गत राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई आज बिहानदेखि हेटौँडा काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


ADVERTISEMENT


यसैगरी इन्द्रसरोवर गाउँपालिका–५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि आज बिहान हटाई सिस्नेरी काठमाडौँतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको स्थानीय प्रहरी चौकीले जनाएको छ ।


ADVERTISEMENT

# # #


हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौँडातर्फ आएका सुमो, जीप, कार तथा मोटरसाइकलमा आएका यात्रु स्थानीय महालक्ष्मी खोला नजिकको सडकमा रोकिनुुपरेको थियो । अहिले यात्रुहरु आ–आफ्नो गन्तव्य स्थानतर्फ प्रस्थान गरिसकेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।