गौर– रौतहट लगायत देशभरका जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले मंगलबार सरकारविरुद्ध चर्को प्रदर्शन गरेको छ । रौतहटको सदरमुकाम गौरका एतिहासिक राईसमिलको चौरमाबाट सुरू भएको जुलुस सदरमुकामको विभिन्न भागमा परिक्रमण गर्दै कोणसभामा परिणत भएको थियो ।


ADVERTISEMENT


जुलुसका सहभागीले ब्यानर र प्लेकार्ड बोक्दै कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान टुक्का बन्द गर, मूल्य वृद्धि फिर्ता गर, मार्सी चामल खाएर जनता मार्न पाइँदैन लगायतका नाराहरू लगाउँदै जिल्ला सदरमुकामको नगर परिक्रमा समेत गरेका थिए ।


ADVERTISEMENT

# # #


रौतहटको सदरमुकाम गौरमा भएको प्रदर्शनपछिको आयोजित कोणसभालाई नेपाली काङ्गेसका नेता एवम् प्रतिनिधि सभा सदस्यद्वय मोहम्मद अफताब आलम, देव प्रसाद तिमल्सिनाले सम्बोधन गरेका थिए साथै नेपाली काङ्गेसका रौतहट सभापति कृष्ण यादव लगायतका नेताले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै उहाँहरूले सरकारको चरित्र उदाङ्गो भएको पनि बताएका छन् । वर्तमान ओली सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको हुँदै गएको आरोप उनीहरूको रहेको छ। न्यायालय र प्रेस स्वतन्त्रतामाथि अकुंश लगाउने कार्य बन्द गर्न समेत उनीहरूले सरकारलाई आग्रह गरे ।