काठमाडौं– संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । पूर्वसांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको हो ।


ADVERTISEMENT


हृदयघातका कारण नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहेका पंगेनीको निधन भएको थियो ।


ADVERTISEMENT

# # #


गएराति स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ ।