बाँके– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका विभिन्नस्थानमा सिसी टिभी क्यामेरा जडान गरिएको छ ।


ADVERTISEMENT


उपमहानगरपालिकामा अपराध न्युनिकरण गर्न सिसी टिभी जडान गरिएको हो । नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसिटिभी जडान गरिएको छ । सिसी टिभी जडानमा नेपालगन्ज सिसि टिभि व्यवस्थापन समितिको सक्रियता रहेको छ ।


ADVERTISEMENT

# # #


समितिले पहिलो प्रयास आफैबाट गर्नुपर्ने मान्यता अनुसार समितिका २५ जना पदाधिकारीहरुबाट २ लाख ५२ हजार १ सय संकलन गरि सिसि टिभी क्यामरा कोष निर्माणमा गरिएको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिएका छन् । विभिन्न संघ संस्था र व्यवसायीबाट सिसि टिभी क्यामरा जडानको लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको उनले बताएका छन् ।

सिसिटिभी राझा, भुजैगाउँ, कारकादौं, पुष्पलाल चोक, धम्बोझी, विपी चोक, गणेशमान चोक, भेरी अस्पताल चोक लगायतका स्थानमा जडान गरिएको छ ।