हुम्ला– हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ ।


ADVERTISEMENT


सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटारको शव भोलि हिल्साबाट सदरमुकाम सिमिकोट ल्याइने पोखरेलले जानकारी दिएका छन् । रासस