काठमाडौं– नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो पाचौं सेल्स आउटलेट काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक श्री सुरेन्द्र बहादुर श्रेष्ठले सो ‘सुबिसु स्टेशन’ को उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


सुबिसुले उक्त ‘सुबिसु स्टेशन’ बाट कलंकी तथा सो क्षेत्र आसपासका ग्राहकहरुलाई सेवा सगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने र सो सेवाहरुको विक्रि तथा वितरणका साथ–साथै सेवाको लगायत अन्य सुविधाहरु आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


यो सँगै ‘सुबिसु स्टेशन’ ललितपुरको झम्सीखेल, काठमाडौँको रानीबारी, सुकेधारा, डिल्लीबजार र कलंकीमा रहेका छन् । कम्पनीले आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने जनाएको छ ।