एजेन्सी– युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले वर्षका उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


गएको सिजन युइएफएका ११ प्रमुख प्रतिस्पर्धाबाट एउटा गोललाई मनोनयन गर्दै युइएफएले ११ उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


युइएफएका प्राविधिक अनुगमनकर्ताले हरेक प्रतिस्पर्धाबाट उत्कृष्ट एउटा गोल छनोट गरेका हुन् । अब यी ११ गोल मध्येबाट फ्यान मतको आधारमा उत्कृष्ट गोल छनोट हुनेछ । यसका लागि अगष्ट २७ सम्म युइएफएको वेब साइटमा गएर मत दिन सकिनेछ ।

गएको सिजन च्याम्पियन्स लिगको क्वाटर्फाइनलमा युभेन्टसविरूद्ध रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले गरेको ओभरहेड किकमार्फत गरेको गोलसमेत परेको छ ।

रोनाल्डोसँगै युइएफएले सबै ११ गोलसहित मत दिनका लागि वेब साइट मार्फत आग्रहसमेत गरेको छ ।