जकार्ता — ‘इनर्जी अफ एसिया ।’ एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ ।


ADVERTISEMENT


सेभ द मिसन केशवकुमार विष्टलाई बुधबार शीतल निवासमा १८ औं एसियाड टोलीका लागि झण्डा हस्तान्तरण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।


ADVERTISEMENT

# # #


एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि इन्डोनेसियाले भरपूर शक्ति परिचालन गरेको छ । जकार्तामा उद्घाटन र समापन हुने यस एसियाडको अर्को आयोजक सहर पालेम्बाङ पनि हो । ४५ खेल समावेश एसियाडको १० खेल उक्त सहरमा हुनेछ ।
सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेलमेला आयोजना गरेको हो । पछिल्लो समय द्रुत गतिमा आर्थिक विकास गरिरहेको इन्डोनेसियाले आफ्नो शक्तिखेलकुदमार्फत विश्वमाझ प्रदर्शन गर्दै छ ।
प्रतियोगिताका लागि झन्डै १५ हजार स्वयंसेवकलाई परिचालन गरेको छ । एसियाडभर ट्राफिक व्यवस्थापनलाई सहज पार्न ७० भन्दा बढी विद्यालयको पठनपाठन बन्द गरिएको छ । यसले गर्दा दैनिक ३० प्रतिशत ट्राफिकजामबाट मुक्ति मिल्ने अपेक्षा छ । सन् २०१६ को तथ्यांकअनुसार इन्डोनेसियाको जकार्ता विश्वकै आठौं ट्राफिक जाम हुने सहरको रुपमा चित्रित भएको थियो ।
जकार्ता विमानस्थलदेखि नै सहरका सडकका दायाबाया रंगीचंगी बनाइएको छ । मुख्य स्थान, चोक, ठूला बसहरुमा एसियाली खेलकुदको प्रचार सामग्री बग्रेल्ती राखिएको छ भने ठूला होडिङ बोर्ड र डिप्से राखेर एसियाडबारे त्यत्तिकै प्रचारप्रसार गरिएको छ ।खेलाडी तथा पदाधिकारीको स्वागतका लागि सयौं स्वयंसेवकपरिचालन भएका छन् ।
जेराला बङ कार्नो (जेबीके)मुख्य स्टेडियममाशनिबार साझ हुने उद्घाटनमाडेनी मलिक र इको सुप्रियान्तोको कोरियोग्राफमा चार हजार डान्सरले प्रस्तुति दिनेछन् भने चर्चित इन्डोनेसियन गायक अनगुनलगायत रैसा, तुलुस, इडो कोन्डोलोजित, फतिन, पुत्री अयुलगायतका संगीतकर्मीले कार्यक्रमलाई विशेष बनाउने छन् । उद्घाटनका लागि १ सय २० मिटर लम्बाइ, ३० मिटर चौडाइ र २६ मिटर उचाइमा बनाइने स्टेजमापहाडी आकृतिमाइन्डोनेसियाको कलासंस्कृति,बोटविरुवा र फुलहरुले सजाएको झल्को दिइनेछ । हजारौं टापुको देश भनेर चिनिने इन्डोनेसियाको वास्तविक पहिचान झल्काइने छ ।
इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उद्घाटन गर्ने कार्यक्रम छ । मुख्य स्टेडियमसहित विभिन्न १२ इन्डोर रंगशालामा एसियाडका खेल हुनेछन् । एसियाडका लागि जेबीके रंगशाला पुनर्निर्माणलाई मात्रै झन्डै ४० मिलियन डलर खर्च गरेको जनाइएको छ ।
तस्बिर सौजन्य : नीरज श्रेष्ठ