खाँदबारी– संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । आफ्नै भाई २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई ताकेर हानेको गोलीले लाग्दा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । भाई रत्नबहादुर र उनका दाई आइतबार राति शिकार खेल्न निस्केका थिए ।


ADVERTISEMENT


उनिहरु स्थानीय फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए । मृगकोलागि चलाएको गोली उनको दाईको निधारमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।