काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न एकजनालाई २४ दिनपछि प्रहरीले पक्राउ गरेको छ ।निर्मलालाई बलात्कारपछि हत्या गरीएको थियो ।


ADVERTISEMENT


केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो । गत साउन १० गते स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिका पन्त होमवर्क गर्नका लागि भगतपुरस्थित साथीको घर गएकी थिइन् । पन्तलाई साथीको घरबाट आफ्नो घर फर्कँदा निम्बुखोलाको उखुवारीमा बलात्कारपछि घाँटी च्यापेर हत्या गरीएको थियो । उक्त घटनाले सडक देखि सदन सम्म तताएको थियो ।


ADVERTISEMENT

# # #


घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका विष्टले अपराध गरेको स्वीकार गरीसकेकोले निजलाइ चाँडै नै सार्वजनिक गर्ने तयारी गरेको छ ।