सिन्धुली– प्रदेश नम्बर तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले कर्मचारीहरुलाइ राष्ट्र सेवक भनिए पनि साँचो अर्थमा जनताका सेवक भएको बताएका छन् ।


ADVERTISEMENT


। मन्त्रालय मातहतका कार्यालयहरुमा जनताको काम छिटो छरितो प्रकृयाबाट टुङ्याइनुपर्ने र सेवाग्राहीलार्इ कुनैपनि बहानामा झुलाउन नहुने भन्दै मन्त्री नेपालले कर्मचारी जनताको सेवक भएको बताएका हुन् । ‘जनता गाडीभाडा सापटी गरेर सानो काम लिएर आउँछन्, तर उसलाइ यता पठाउने र उता पठाउने गरेर बासै बस्नुपर्ने अवस्थाको सिर्जना गरिन्छ । जनताले तिरेको करबाटै कर्मचारी चल्ने तर कर्मचारीबाटै जनताले दुःख पाउने प्रणाली यथाशीघ्र अन्त्य हुनुपर्छ ।’ डिभिजन वन कार्यालय सिन्धुलीको उद्घाटन गर्दै उनले भने, ‘सिंहदरबारको कुर्सीमा को बसेको छ ? त्यसले सेवाग्राहीलाइ असर गर्नु हुँदैन । हाम्रा कार्यालयहरुमा कर्मचारीहरुको कार्यसम्पादन प्रणालीले नै सेवाग्राहीले संघियताको अनुभूति गर्ने हुन् ।’


ADVERTISEMENT

# # #


कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेपालले भने, ‘नियमले गर्न मिल्ने कामहरु तुरुन्त गर्दिनुस्न, नमिल्ने कुरालाइ कारण सहित मिल्दैन भन्नुस् तर झुलाउने काम कसैबाट नहोस् ।’ कार्यक्रममा प्रदेशसभा सदस्यहर बिनोद खड्का, राजन दाहाल, नेकपाका केन्द्रीय सदस्य कमलजंग राई, सिन्धुलिमाढी नगरपालिकाका नगरप्रमुख, विभिन्न पार्टीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।