ओखलढुंगा– ओखलढुंगाको लिखु गाँउपालिका–३ स्थित भिमसेनस्थान माध्यामिक विद्यालयमा पहिरो जादाँ पठनपाठन प्रभावित भएको छ । कक्षा १ देखि १० सम्म पढाई हुने विद्यालयको पछाडि पट्टिको भागबाट पहिरो खसेपछि विद्यालयमा त्रास फैलिएको छ ।


ADVERTISEMENT


विद्यालय मुनिबाट विस्तार गरिएको ग्रामिण सडकका कारण विद्यालय पहिरोको जोखिममा परेको स्थानीयको भनाई छ ।


ADVERTISEMENT

# # #


उक्त स्थानमा करिब ८ महिना अगाडि डोजर प्रयोग गरेर सडक बिस्तार गरिएको थियो । पहिरोका कारण विद्यार्थीहरु कक्षा कोठामा बसेर पढ्ने समेत डराउने गरेको विद्यालयका प्रधानाध्यापक श्रीराम श्रेष्ठले बताए ।

जसका कारण दुईओटा ब्लकका बिद्यार्थी एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्याता छ । ‘तल्लो ब्लक पहिरोले तान्न लागेको छ । ‘त्यहाँ विद्यार्थीहरु पढाउन पनि मुस्किल छ’श्रेष्ठले भने । पहिरोले भवनभित्र पस्न समेत गाह्रो भएपछि दुई ब्लकका बिद्यार्थीहरु एउटै कोठाबाट पढाउदै आएका छौं ।’

२०७२ सालको भुकम्पले विद्यालयको दुईवटा कक्षाकोठामा क्षती पुर्याएपछि गत आर्थिक वर्षमा करिब १४ लाखको लागतमा कक्षाकोठा मर्मत गरिएको थियो । अहिले मर्मत गरिएकै ब्लक पहिरोको जोखिम परेको छ । विद्यालयमा हाल २ सय १३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।