काठमाडौं– केही साता अघि पक्राउ परेका नेत्रविक्रम चन्द्र ‘विप्लव’ (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले विहीबार रिहा गर्ने आदेश दिएसँगै उनलाई पुनः पक्राउ गरि नुवाकोट पुर्याईएको छ ।


ADVERTISEMENT


त्यहाँका प्रहरीले प्रवक्ता विश्वकर्मालाई सात दिनको म्याद थपको लागि माग गरेपनि नुवाकोट अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।


ADVERTISEMENT

# # #


आज (शुक्रबार) जिल्ला अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो । प्रवक्ता विश्वकर्मालाई गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा स्काभेटर जलाएको आरोपमा पक्राउ गरिएको थियो ।