काठमाडौं–चीनको सिगात्सेबाट काठमाडौं जोडिने रेलको अन्तिम प्रस्थान बिन्दु टोखा हुने भएको छ । चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा रसुवागढीबाट टोखा रेल ७२ किलोमिटर हुने उल्लेख छ ।


ADVERTISEMENT


नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रतिनिधि मण्डल र चीनको रेल प्रशासनबीच चीनको सियानमा भदौ ३ गतेदेखि ६ गतेसम्म पूर्व सम्भाव्यता अध्ययनमाथि छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


पूर्व सम्भाव्यता अध्ययन गरेको कम्पनीले रेलको अधिकाशं भाग पुल र सुरुङ मार्ग हुने ब्रिफिङ गरेको थियो । दुवै पक्षले रिपोर्टमा सुझाव दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । तर, कस्तो सुझाव दिइएको भन्ने खुलाइएको छैन ।

कम्पनीले छिट्टै पूर्व सम्भाव्यता प्रतिवेदन बुझाउने विज्ञप्तिमा जनाइएको छ। यसैबीच बिमस्टेकमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र चीनबीच रक्सौल–काठमाडौं रेल निर्माणको सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

स्रोतका अनुसार (एमओयू)मा रेलको पूर्व सम्भाव्यता अध्ययनको विषयमात्र समेटिनेछ । भारतले पूर्व सम्भाव्यता अध्ययनका लागि मुम्बइको कंकर कन्सल्ट्यान्टलाई छनोट गरिसकेको छ । सम्झौतामा पूर्व सम्भाव्यता अध्ययनका क्रममा खटिने कर्मचारीको तलब, खर्च र कर लगायतका विषयमा उल्लेख हुने सम्भावना रहेको स्रोतले बतायो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलनमा भारत र नेपालबीच रक्सौल–काठमाडौं रेलका सम्बन्धमा सम्झौता हुन लागेको जानकारी दिएका थिए ।