काठमाडौं– कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेको छ ।


ADVERTISEMENT


विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुघिजीवीहरुले सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव विजय केशव गोख्ले सहितका उच्च अधिकारी काठमाडौं आउँदैछन् ।

‘नेपालको हितमा नरहेको कोशी उच्च बाँध बनाउन भारतले पहिलेदेखि नै दवाव दिँदै आएको हो ।’ अख्तियार पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले भने, ‘अझ पछिल्लो समय त यसलाई पानीजहाजसँग पनि जोडिएको छ, यसप्रति हामी सचेत र सावधान हुनुपर्छ ।’

सरकारले ल्याउने भनेको पानी जहाज र कोशी उच्च बाँध निर्माणलाई एकै ठाउँमा जोडेर नहेर्न पनि उपाध्यायले सुझाव दिए । भारतीय स्वार्थमा आएको उच्च बाँध निर्माणको खाका नै खारेज गर्नुपर्ने उनको तर्क छ । – आजको कारोबारबाट