काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कसैले किस्तीमा हालेर दिएको नभई संघर्ष गरेर प्राप्त गरेको उपलब्धि भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति जनाए ।


ADVERTISEMENT

# # #


‘यो लोकतन्त्र कसैले हामीलाई किस्तीमा हालेर दिएको होइन । दशाकौं संघर्ष गरेर हामीले नै हासिल गरेका हौं’, ओलीले भने, ‘तानाशाही दिनहरुमा सँगै जेल जिवन बिताएका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा म छक्क पर्छु ।’

कतिले लि क्वान युले सिंगापुरलाई विकास गरेर उदाहरण प्रस्तुत गर्ने गरेको भएपनि आफू लोकतन्त्रप्रति विस्वास राख्ने व्यक्ति भएकाले लि क्वान जस्तो बन्न नसक्ने बताए ।

‘लोकतन्त्रप्रति जीवनसमर्पित गरेको हुनाले मेरो अलि बढी आशक्ति पनि हुन सक्छ । म त्यसकारण विकासका लागि लिक्वान जति कठोर हुन सक्दिन । हामी लोकतन्त्रको बाटो बाटै विकास हासिल गर्न सक्छौं ।’