काठमाडौँ– श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका सिरिसेनाले लुम्बिनीमा पुगेर पूजा अर्चना गरेका हुन् ।


ADVERTISEMENT


काठमाडौँबाट उनी गौतमबुद्ध विमानस्थल भैरहवामा उत्रिएर गाडीमै लुम्बिनी गएका थिए । राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गरेका छन् । मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा गएका थिए । लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराएको थियो ।

उनी पूजागरेपछि आजै काठमाडौँ फर्किका छन् ।

.

 

तस्बिरहरु : रासस