काठमाडौं –प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरु र मन्त्रीबीच प्रश्नोत्तर भइरहेको छ । संसदको नियमावलीमा व्यवस्था भएबमोजिम मन्त्रीसँग सांसदहरुले सीधा प्रश्न सोध्ने कार्यक्रम राखिएको हो ।


ADVERTISEMENT


आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिएका छन् । मन्त्रीले जवाफ दिएपछि सांसदले पुरक प्रश्न पनि सोध्न सक्नेछन् । एकदिनमा मौखिक २० वटा र लिखित ५० वटा प्रश्न सोध्न सकिने नियमावलीमा व्यवस्था छ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभामा २०४८ देखि २०५९ सम्म पनि प्रश्नोत्तरको कार्यक्रम रहेको थियो। संसद पुनस्थापना भएयता भने यस्तो अभ्यास भएको थिएन ।

आजैको बैठकमा ५ वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ भने दुई विधेयक समितिमा पठाइनेछ।

प्रत्यक्ष हेर्नुस् बैठक :