कञ्चनपुर– डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ ।


ADVERTISEMENT


शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त सामुदायिक वनमा रोपिएको सजिवन प्रशोधनबारे जानकारी नहुँदा खेर जान थालेको हो । सजिवन फल डिजेल उत्पादनका लागि ‘क्रिष्टल वायो इनर्जी नेपाल’ कम्पनीसँगको साझेदारीमा सात वर्षअघि ती सामुदायिक वनमा रोपिएको हो । सजिवन उपयोगमा आउन नसक्दा वनमै खेर गएको वसन्त सामुदायिक वनका पूर्वअध्यक्ष टेकबहादुर भण्डारीले बताएका छन् ।


ADVERTISEMENT

# # #


सजिवन फल प्रशोधन गरी उत्पादन हुने डिजेल बिक्री गरेर २५ प्रतिशत आम्दानी कम्पनीले र बाँकी ७५ प्रतिशत सामुदायिक वनले लिने सम्झौता भएको थियो । “कम्पनीकै सल्लाहमा वनमा सजिवन रोपियो । अहिले कम्पनीका कर्मचारी सम्पर्कबिहीन भएपछि उत्पादित सजिवन वनमै कुहिएको छ,” उनले भने । उत्पादन भएको सजिवन कतिबेला टिप्ने, पाकेको दानालाई कुन ठाउँमा लगेर बेच्ने तथा प्रशोधन गर्नेबारे जानकारी नहुँदा स्थानीयवासी अन्योलमा छन् । ती दुवै सामुदायिक वनमा ६ हजार सजिवनका विरुवा रोपिएका छन् ।

नर्सरीमा उत्पादित विरुवा वनमा रोपेपछि कम्पनीका प्रतिनिधि सामुदायिक वनको सम्पर्कमा आएका छ्रैनन् । नर्सरीमा झण्डै पाँच लाख विरुवा रहेका छन् । विरुवा उत्पादन गर्न सामुदायिक वनले रु ७० हजार खर्च गरेका छन् । कम्पनीले सामुदायिक वनमै प्रशोधन प्लान्ट राखेर सजिवनबाट डिजेल निकालेपछि बाँकी रहने पिनाबाट सावुन, जैविक मल, मैनबत्ती, वायोग्याँस र लेदोबाट कष्मेटिक वस्तु उत्पादन गर्ने योजना बनाएको थियो । रासस