काठमाडौं – बाग्लुङ्ग जिल्लाको दक्षिणी भेगमा अवस्थित कालुङ्गखोला आसपासबाट राजधानी काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तित्वहरूको भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


बयोबृद्ध अभिभावक कुलरत्न उपाध्याय (पौडेल) को सभापतित्व र बाग्लुङ्ग क्षेत्र नम्बर २ बाट निर्वाचित संसाद् देबेन्द्र पौडेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने करिव एक सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सासद पौडेलले उपस्थित सबैलाई स्थानीय स्तरका विकास निर्माण कार्यमा सहयोग पुर्याउन आह्वान गरे । बाग्लुङ्गमा उल्लेख्य बजेट बिनियोजन भएको जानकारी दिँदै उनले उक्त बजेटको सदुपयोग गर्न र भौतिकपूर्वाधारको निर्माणमा सबै क्षेत्रको उत्तिकै चासो हुनुपर्ने कुरा औँल्याए ।

कालुङ्गखोला सेवा समाज काठमाडौंद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय स्तरका आधारभूत सामाजिक कार्यक्रममा कसरी सहयोग पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको संस्थाका सल्लाहकार राजु पौडेलले बताए ।

कार्यक्रममा राजेश बर्देवाले नेतृत्व गरेको कलाकारको टीमले परम्परागत तीज गीत प्रस्तुत गरेको थियो भने संस्थाको भावी योजना र अहिलेसम्मको प्रगतिको विषयमा संस्थाका अध्यक्ष सुमन शर्माले संक्षिप्त कार्य प्रगति विवरण प्रस्तुतरेका थिए ।