जनकपुरधाम– जननायक बिपी कोइरालाको विचार, सिद्धान्त र व्यवहार विपरित नेपाली काङ्ग्रेस उद्यत हुनाले लोकप्रियतामा प्रश्न चिह्न लागेको धारणा व्यक्त गरिएको छ ।


ADVERTISEMENT


कांग्रेस धनुषाद्वारा आज यहाँ आयोजित विचार गोष्ठीका वक्ताहरूले बिपीका विचार, सिद्धान्तलाई औपचारिकताको परिधिमा सीमित गर्नुले कांग्रेसको सङ्गठन कमजोर भएको बताए।


ADVERTISEMENT

# # #


मुलुकको रााष्ट्रियता जोगाएर जनाधिकार सुरक्षित गर्दै विकासका लागि कुन विधि र शासनपद्धति अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा सिद्धान्त नै प्रतिपादन गरेका कारण जननायक कोइरालाप्रति मुलुकका सबै दलको हृदयतः आदरभाव रहेको उनीहरूले प्रसङ्ग उल्लेख गरे ।

प्रदेश नं २ प्रदेशसभा काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादवले बिपी कोइरालाले मुलुकका आर्थिक, राजनीतिक, कूटनीतिक लगायतका क्षेत्रमा जुन महत्वपूर्ण जग बसाल्नु भयो, त्यसैमा आज मुलुक अडिएको छ भने ।

जिल्ला सभापति महेशशङ्कर गिरीको अध्यक्षतामा भएको सो गोष्ठीमा पूर्व सांसद दिनेश परसैला, शिवधारी यादवलगायतले जनताले आफैले आफ्नो संविधान निर्माण गर्न विसं २००६ मा बिपीले अगाडि सारेको मिसन पूरा भएकाले त्यसलाई सफल, संस्थागत गर्ने दायित्व सबैको हो भने ।