काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरसिंह कडायतका अनुसार डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा छुटेका हुन् । यस्तै निर्मलाकी साथी भनिएकी रोशनी बम पनि साधारण तारेखमा रिहा भएकी छन् भने उनी दिदी बबिता बम ३० हजार धरौटीमा रिहा भएकी छन् ।


ADVERTISEMENT

# # #


कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले दिलिपसिंहलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।

आन्दोलनमा गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो । तत्कालीन एपपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा त्रुटि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।