रौतहट– चन्द्रपुर नगरपालिकामा घरमा सुतिरहेका दुई दिदीबहिनीको अनुहारमा अज्ञात समूहले तेजाब छर्किएको छ । मंगलबार राति दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालिएको हो ।


ADVERTISEMENT


घाइतेका बुवाका अनुसार राति १२ बजे अज्ञात समूह घरमा प्रवेश गरि ढोका खोलेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको हो । घटनामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ । दुवै बोल्न सक्ने अवस्थामा छैनन् । चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई उपचार गर्न नसकेपछि थप उपचारका काठमाडौ रिफर गरेको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काले तेजाब छर्किनेको खोजी भइरहेको बताए ।