काठमाडौँ– फेभरेट हुँदा हुँदै पनि साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको छ ।


ADVERTISEMENT


समूह चरणमा एक गोल पनि गर्न नसकेको माल्दिभ्सले सेमिफाइनलमा ३ गोल गर्द नेपाल घर फर्कन बाध्य बनायो । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपाल सेमिफाइनलबाटै अघि बढ्न सकेन ।


ADVERTISEMENT

# # #


वर्षाले प्रभावित खेलमा नेपालले ३ गोल बेहोर्न एक गोल पनि गर्न सकेन । खेलपछि नेपालका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्ससँग हार्दा एकदमै दुःख लागेको बताउँदै नेपाल फ्यानसँग माफी समेत मागे ।

उनले नेपाल माल्दिभ्ससँग राम्रो खेल्दा खेल्दै नि पराजित हुनुपरेको बताए । ुआज हामीलाई भाग्यले पनि साथ दिएन ।ु महर्जनले भने ।

प्रशिक्षक बालगोपालका अनुसार यी चार कारण नेपाल माल्दिभ्सँग पराजित भयो ।

– ग्राउण्ड कन्डिसन । नर्मल ग्राउण्डमा हाम्रो खेलाडीले राम्रो खेलेका थिए । आज पानि परेकाले खेलाडीले राम्रोसँग खेल्न सकेनन् ।
– गल्ती गल्ती…आज गल्ती धेरै भयो । खेलाडीले गल्ती माथि गल्ती थप्दै गए ।
– पाएको मौका सदुपयोग गर्न नसक्नु । नेपाले जति नि अवसर पाएको थियो त्यसलाई सदुपयोग गर्न सकेन गोल गर्न सकेन ।
– सब्सिच्युट खेलाडीको प्रदर्शन । यसअघिको खेलमा हामीले जसरी सब्सिच्युट खेलाडीलाई मैदान पठाएका थियौँ । उनीहरुले राम्रो खेल । तर आजको खेलमा त्यसो हुन सकेन ।