काठमाडौँ– विद्युतीय अपराध मुद्दामा प्रहरीले हिरासतमा लिएका खोजतलास साप्ताहिक र खोजतलास डटकमका प्रधानसम्पादकलाई रिहा गर्न अदालतले आदेश दिएको छ।


ADVERTISEMENT


शुक्रबार काठमाडौं जिल्ला अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।


ADVERTISEMENT

# # #


बस्नेतले बयानमा आफूले समाचार अन्तैबाट सारेको र त्यसको खण्डन पनि छापिसकेको हुनाले विद्युतीय अपराधमा आफूलाई कारबाही हुन नहुने बताएका थिए। न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले उनको मुद्दामा प्रेस काउन्सिलले पनि कारबाही गर्न सक्ने भन्दै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

‘अदालतले छोड्न भनिसक्यो तर प्रहरीले जाउलाखेल लगेर मेडिकल गर्नुपर्छ भनेका छन्,’ बस्नेतकी पत्नी रमिता बस्नेतले भनिन्।

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले उनका सामान दिन ललितपुर ल्याइएको र अहिले छोडिसकिएको जानकारी दिए।

खोजतलास साप्ताहिक र खोजतलासडटकमले दृष्टि साप्ताहिकमा प्रकाशित ‘हरिसिद्दि को जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको समाचार साभार गरेको थियो। दृष्टिमा उक्त समाचार ‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षक छापिएको थियो। समाचार नेकपाकी सांसद पम्फा भुषाललगायत हरिसिद्दि इँटा उद्योगको जग्गा व्यक्तिको नाममा नामसारी गर्न दबाब दिएको उल्लेख छ।

सो समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै सुशील खनालले बस्नेतविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए।

अदालतले उनलाई पक्रन आदेश दिएपछि सोमबार प्रहरीले बस्नेतलाई हिरासतमा लिएको थियो।