काठमाडौँ– भारतमा जारी चौकाणात्मक एकदिवसीय यु–१९ सिरिजको अन्तिम खेलमा नेपालले २४५ रनको चुनौति पाएको छ । तेस्रो स्थानका लागि भएको खेलमा अफगानिस्तानले २४४ रन बनाएको हो ।


ADVERTISEMENT


भारतको लखनउस्थित एकना अन्तराष्ट्रिय मैदान ‘बी’मा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तान यू-१९ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर रियाज हसनले शतक प्रहार गरे । उनले १४९ बल खेल्नै ११७ रन बनाएर नट आउट रहे । उनले १२ चौका र २ छक्का ठोके ।


ADVERTISEMENT

# # #


यस्तै बजिर खानले ३२, आरिफ खान दौलत्जाई २४, कप्तान इजाज अहमद मेहरान १९ तथा सुलिमान अरकबजाईले १४ रन हान्दा सदिकुल्लाह अटलले १३ रन बनाए ।

यता नेपालका लागि सागर ढकाल, पवन सर्राफ र सम्साद आलमले समान २-२ विकेट लिए ।

यस्तै राशिद खानका नाममा १ विकेट रह्यो । कमलसिंह ऐरी आज केही महंगो साबित भए । उनले १० ओभरमा ६८ रन खर्चिएर कुनैपनि विकेट लिन सकेनन् ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्दैछ ।

नेपालले यस प्रतियोगितालाई आगामी २९ तारिखदेखि बंगलादेशमा हुने एशिया कपको तयारीमा लिएको छ ।