एजेन्सी– बन्दुकधारीहरूले इरानको एहवाज शहरमा एउटा सैनिक परेडमा गोली चलाँदा आक्रमणमा परी सर्वसाधारण सहित २९ जनाको ज्यान गएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।


ADVERTISEMENT


सरकार विरोधी एउटा अरब समूह “एहवाज न्याश्नल रिजिस्टेन्स” तथा इस्लामिक स्टेट दुवैले सो हमलाको जिम्मा लिएका छन् ।


ADVERTISEMENT

# # #


सैन्य परेड भएको स्थल नजिकै रहेको एउटा पार्कबाट हमलाकारीहरूले हमला गरेका थिए र उनीहरूले सैनिक पोशाक लगाएको विवरणहरूमा जनाइएको छ । हमलामा परी अन्य ५० जना भन्दा धेरै घाइते भएका छन् ।

इरानले उसको क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबियालाई इरानभित्र रहेका अल्पसङ्ख्यक अरब समुदायले गर्ने पृथकतावादी गतिविधिलाई सहयोग गरेको आरोप लगाएको छ ।

इरानी राष्ट्रपति रुहानीले उनको देशमाथि आउने सानोभन्दा सानो जोखिमको पनि कडा रूपमा प्रतिक्रिया जनाइने तर आतङ्कवादीहरूलाई सहयोग गर्नेहरूलाई पनि जिम्मेवार ठहराइनुपर्ने बताएका छन् ।

एकजना इरानी सैन्य प्रवक्ताले भने हमलाकारीहरू इस्लामिक स्टेटसँग आबद्ध नभएको र ‘दुईवटा खाडी देशहरूले हमला गराएको’ बताएका छन् ।

इरानका विदेशमन्त्री जवाद जारिफले पनि हमलाकारीहरूलाई विदेशी शक्तिले सहयोग गरेको दोष लगाएका छन् । उनको त्यस्तो भनाइ इजरेल वा साउदी अरेबियाप्रति लक्षितजस्तो देखिन्छ ।