काठमाडौँ – एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।


ADVERTISEMENT


समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच अन्तर्गत काठमाडौँमा रहेको सशस्त्र प्रहरीको हलचोक मैदानमा यमनसँग खेल्नेछ । खेल दिउँसो तीन बजे सुरु हुनेछ । भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अझै पुनर्निर्माण भइनसकेकाले एन्फाले बैकल्पिक मैदानका रुपमा एपिएफको मैदानलाई प्रयोग गर्न लागेको हो । हलचोक मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।


ADVERTISEMENT

# # #


छनौटको पहिलो खेलमा फिपलपिन्ससँग ४–१ गोलले पराजित भएको नेपालले घरेलु मैदानमा यमनसँग गोल नखाने रणनीति बनाएको छ । घरेलु मैदानमा जित हासिल गरी अन्य खेलहरु सहज बनाउने योजना हिजोको पत्रकार सम्मेलनमा नेपाली कप्तान बिराज महर्जनले सुनाएका थिए ।

पछिल्लो समय सन् २०१४ मा मार्चमा कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपालले यमनसँग २–० को पराजय ब्यहोरेको थियो ।भारतसँग दुई शून्यले पराजित हुँदै एसियन कप छनौटको पहिलो चरणबाटै बाहिरिएको नेपाल एएफसी सोलिडारिटी कप बिजेताको हैसियतमा तेस्रो चरणबाट पुनः प्रबेश पाएको हो ।

मूख्य डिफेण्डरहरु चोटग्रस्त रहनु र नयाँ तथा पुराना खेलाडीको संयोजन नमिल्नु पछिल्लो समय नेपाली टोलीको मूख्य समस्याको रुपमा देखिएको छ ।

एक साताअघि भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल दुई शून्यले हारेको थियो । त्यस खेलमा नेपालको रक्षापंक्ति कमजोर देखिएको थियो । नेपालका प्रशिक्षक ग्योतोकी कोजुले आजको खेलमा रक्षापंक्तिमा सुधार हुने अपेक्षा गरेका छन् ।