काठमाडौँ– राजनैतिक तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित पुस्तक ‘मन्थन’ लोकार्पण गरिएको छ । साहित्यकार तथा पूर्व सांसद नारायण ढकाल, प्रतिनिधि सभा काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राई लगायतले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।


ADVERTISEMENT


पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथी नारायण ढकालले संसारमा राजा माहाराजाको मात्र ईतिहास बन्ने गरेपनि घोष्ट राईटिंगका कारण सामान्य मान्छेको कथा आउन थालेकोमा खुशी ब्यक्त गरे । उनले भने, ‘नेपालजीत लामाको बौद्ध क्षेत्रमा अतुलनीय समाजिक योगदान रहेको छ । राजनीति र समाजसेवामा उहाँको योगदान बारे यो किताबमा त्यति नबोले पनि अरु कुरा साहसिक ढंगमा आएको छ ।’


ADVERTISEMENT

# # #


यस्तै किताबमाथि समीक्षा गर्दै पूर्वराजदुत गणेश योन्जनले किताबले नेपालजीत लामाको सम्पुर्ण व्यक्तित्व नसमेटे पनि उनको व्यक्तित्व बारे राम्रै बोलेको बताए । अर्का वक्ता काठमाडौ क्षेत्र नम्बर ३ प्रदेश सभाका सांसद रामेश्वर फुँयालले राजनीतिमा समकक्षी नेपालजीत लामाको साहसका कथा किंवदन्ती जस्तो लाग्ने बताउदै राजनीतिबाट उनी किनारमा रहन नुहने बताए ।

यस्तै क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सांसद कृष्ण राईले नेपालजीत लामाको पुस्तक पुर्वी काठमाडौ क्षेत्रकै लागि उर्जा भएको बताउदै भने “नेपालजीत लामाको धेरै कार्य स्तुत्य छन , राजनीतिमा उहाँ भएको भए म अहिले सांसद भएर बोलिरहेको हुने थिएन मन्चमा बसेर उहाँको भाषण सुनिरहेको हुने थिए , नयाँ पुस्तालाई चान्स दिएर उहाँले बाटो खाली गरेपनि सधैव सल्लाह सुुझाव लिने नै छौ ।”

घोष्टराईटिंग नेपालका अध्यक्ष कमल ढकालले समाजमा आत्मवृतान्त मपाईको पुलिन्दा भईरहेकोमा यो किताब फरक रहेको बताउदैबताए । लेखक नेपालजीत लामाले जीवनगाथा लेख्ने बेला नभए पनि घोष्टराईटिग नेपालले पटक पटक घचघचमएको कारण आफुले् किताब लेखेका बताए

। नेपाली समाजमा देखेको कुरा आफुले केही नाम सहित र केही नाम विनाका सत्य कुरा लेखेको उनले उल्लेख गरे । आफ्नो किताबले समाजमा केही प्रेरणाका चिज थप्न सके आफुले केही राम्रो काम गरेको ठान्ने उनको भनाई थियो ।

आत्मवृतान्त मा आधारित मन्थन घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको हो । पुस्तकको मुल्य ३५० रुपैंया रहेको छ ।