काठमाडौं– सरकारी कर्मचारीको विदेश भ्रमणमा बेथिति भेटिएको छ । भ्रमणका क्रममा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ को सिधै उल्लंघन हुने गरेको, विदेश जानेहरूको छनोटमा मनलाग्दी गर्ने गरेको, सम्बन्धित व्यक्तिभन्दा आफूनजिककालाई पठाउने गरेको भेटिएको हो ।


ADVERTISEMENT


सरकारले विदेश जाने कर्मचारीको भ्रमणलाई व्यवस्थित बनाउन भन्दै यसै वर्ष मात्र निर्देशिका जारी गरे पनि सम्बन्धित निकायले त्यसको पालना नगरेको भेटिएको हो । प्रधानमन्त्री कार्यालयले पनि निर्देशिका कार्यान्वयन गर्न कडाइ नगर्दा कागजमा मात्र सीमित बन्न पुगेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा निकायमा वैदेशिक भ्रमणका क्रममा निर्देशिकाको पालना गर्न र वेबसाइटमा विदेश जानेहरूको विवरण राख्न पटकपटक निर्देशन दिए पनि अधिकांश मन्त्रालयले पालना नगरेको पाइएको छ । – आजको राजधानी दैनिकबाट