भरतपुर– जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ (घरमै गएर ट्युसन पढाइदिने) पढाउने क्रममा आफूमाथि यौन दुर्व्यवहार गरिएको बालिकाले बताएकी छिन् ।


ADVERTISEMENT


आरोपीका दाजुले ति बालिकालाई ट्युसन पढाउँदै आएका थिए । तर, दाजु नभएकाले भाइ ट्युसन पढाउन गएका थिए । त्यही बेला उनले यौन दुर्व्यवहार गरेको बालिकाको अभिभावकको भनाइ छ ।


ADVERTISEMENT

# # #


बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले जानकारी दिए । आरोपी १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन् । तर कारवाही भने कानुनी प्रकृया अनुरुप नै हुने डिएसपी ढकालको भनाइ छ ।