काठमाडौं – नजिकिँदै गएका चाडपर्वलाई मध्यनजर गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं–तिहार सुरक्षा योजना सार्वजनिक गरेको छ । परिसर काठमाडौंका एसएसपी वसन्तकुमार लामाले काठमाडौं भित्रिने सबै नाकामा कुकुरको चेकजाँचदेखि अपराधी समात्न नाकाबन्दीसम्मको योजना सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


परिसर काठमाडौंले सर्वसाधारणको घर, सम्पति रहेको स्थान, विशिष्ट व्यक्ति, प्रतिष्ठान, मठमन्दिर, गुम्बा, आर्थिक कारोबार हुने स्थान, वित्तिय संस्था, यातायत सञ्चालन हुने क्षेत्र, व्यापारिक स्थल, सरकारी कार्यालयलाई सुरक्षा दिने मुख्य योजना बनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कुकुरबाट चेकजाँच, कुनै घटना भइहालेको अवस्थामा नाकाबन्दी शैलीमा घेराउ गर्न ५ टोली परिचालन, होटल, रेष्टुरेन्ट, राजमार्ग, ग्रामिण सडकसँगै बस्ती, विशिष्ट व्यक्तिहरुको बसोबास भएको क्षेत्रलाई पनि सुरक्षा प्राथमिकतामा राखेको एसएसपी लामाले बताए । एसएसपी लामाले भने, ‘‘विभिन्न क्षेत्र विभाजन गर्दै फरक–फरक टोली गरी दसैं–तिहार अवधिभर ३५ सय ३५ प्रहरी परिचालन गरेका छौं । नागरिकले ढुक्क भएर चाडपर्व मनाए हुन्छ ।’’

लामाले ६० वटा पैदल गस्ती, ३६ साइकल गस्ती, हतियारसहित ३० वटा मोटरसाइकल गस्ती र सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको बताए । चाडपर्वमा जुवातासमा समेत कडाइ गरिने उनले बताए । चाडबाडको मुखमा किनमेल गर्दा वा हिँडडुल गर्दा बढी मात्रामा पैसा, गहनालगायतमा समेत सचेतता अपनाउन लामाले आग्रह गरे । यस्तै परिसरले आइतबार ९आज० बाटै ‘सुरक्षित काठमाडौं अभियान’ पनि सुरु गरेको छ ।