भोजपुर– पिउने पानीको समस्या भएपछि जिल्लाको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङको साविक वडा नं ८ र ९ का स्थानीय बसाइँ सर्न बाध्य भएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्या भण्डारीको जन्मथलो समेत रहेको मानेभञ्ज्याङमा वर्षात्को समयमा पनि पानीको मुहान नफुट्दा सो ठाउँमा पानीको हाहाकार भएको छ । पानी मुहान सुकेपछि करिब ५० घर स्थानीय कुवाको थोपा–थोपा पानी संकलन गरी पिउने पानीको जोहो गर्न बाध्य छन् ।


ADVERTISEMENT

# # #


गाउँमा रहेको एकमात्र जुके कुवामा बिहान ३ बजेबाट पानी भर्न स्थानीयको भीड लाग्ने गरेको छ । गाउँभरिकाले पानी खाने यही एउटा कुवा भएको जानकारी दिंदै स्थानीय सीता ढकालले भनिन् ‘गाउँभरिका सबै विहान ३ बजेबाट लाइन बस्छौं ।’

थोपा थोपा मात्र पानी आउने हुनाले एक–एक गाग्रो पानी भर्न दिनभरि नै लाग्छ, उनले गुनासो गरिन् । सो कुवाको पानी ओडारे, दमाइछाप, अर्चेनी लगायतका स्थानीयले पिउने गरेका छन् । यदि त्यो कुवा पनि सुकेमा हिमाङ वा कावाखोला पुग्नु पर्ने स्थिति रहेको स्थानीयको गुनासो छ ।

सो भेगमा पानीको समस्या भएपछि करिब सय बढी परिवारले गाउँ छाडिसकेको स्थानीय भीम प्रसाद ढकालले बताए । उनले भने, ‘हाम्रो गाउँको मुख्य समस्या नै पानीको हो । पानीकै धेरै बसाइँ सरिसके ।’ – आजको राजधानी दैनिकबाट