काठमाडौं– पछिल्लो समय ट्रिपर आतंक न्युनीकरण गर्न भन्दै काठमाडौं उपत्यकाभित्र ट्रिपर सञ्चालनको समय रातिमा मात्रै सीमित गरिएको छ ।


ADVERTISEMENT


साविकमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन दिइने निर्णय भएकोमा ट्रिपर चालकहरुको विरोध र गुनासो बढेपछि निर्णयमा हेरफेर गरिएको थिाये । समायावधि बढाउँदै बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन बुधबार भक्तपुरमा ट्रिपरले ठक्कर दिएपछि सो निर्णय फिर्ता लिइएको छ ।


ADVERTISEMENT

# # #


ट्राफिक प्रहरी महाशाखाले पुनः पुरानै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु चलाउन दिइने निर्णय भएको जानकारी दिएको छ ।

साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

तर निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले उक्त निर्णय परिमार्जन गर्दै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको थियो । तर सोही दिन ट्रिपरका कारण दुर्घटना भएपछि आज सो निर्णय फिर्ता लिइएको हो । बुधबार सूर्यविनायकमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइतेपछि आक्रोशित स्थानीयको भीडले ट्रिपर नै जलाइदिए ।

ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन गर्न सबैमा आग्रह गरेको हो । अब पुरानै समयअनुसार रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न पाइनेछ ।