तुलसीपुर– दाङ जिल्ला उद्योग वाणिज्य सङघले घोराहीमा कोसेली घर सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री र जिल्लामा उत्पादन हुने च्याउ, मह, सिन्की, अचार, चिप्स, ढकीया, माटाका भाँडा, घ्यू तथा धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको बारेमा जानकारी लिन सक्ने व्यवस्था गरिने छ ।


ADVERTISEMENT

# # #


सङ्घका सचिव तथा कोसेली घर व्यवस्थापन समितिका संयोजक मायाकुमारी पोखरेलले कोसेली घरमा सबै सामग्री राखिने र किन्न चाहनेलाई किन्ने व्यवस्था गरिने संयोजक पोखरेलले बताएका छन् । यो कार्यले उद्यमीलाई बजार खोजीरहनुपर्ने बाध्यता नहुने अपेक्षा उवासङ्घको छ ।

कोसेली घर सञ्चालनमा आएपछि साना लगानीमा उद्यमी बनेकाका लागि प्रोत्साहन तथा बजारीकरणमा सहज हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुषालले जानकारी दिएका छन् । उवासङ्घको यो कार्यले उद्यमी बन्नसमेत प्रोत्साहन मिल्ने छ । बजारको मागअनुसार वस्तु उत्पादन गर्न उद्यमीलाई थप सहज हुने बताइएको छ । रासस