काठमाडौं– आईएम एस ग्रुप अब नेपालका लागि डिजेआई को आधिकारिक बिक्रेता बनेको छ । २० वटा कम्पनीहरुको साझा समूहको रुपमा रहेको आईएम एस ग्रुप अब नेपालका लागि डिजेआई ब्राण्डका ड्रोनको आधिकारिक बिक्रेता बनेको हो । ड्रोन व्यवसायको ७० प्रतिशत हिस्सा ओगेटेको डिजेआई विश्वकै सबैभन्दा शीर्ष स्थानमा पर्ने व्यवसाय हो ।


ADVERTISEMENT


क्यामरा ड्रोन, एरियल फोटोग्राफीको स्टेब्लाईजर, र भिडियोग्राफिका डिजेआई विश्वप्रख्यात छ । विशेष श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफीभएको डिजेआई, कमउचाई एरियल तस्बिरका लागि पहुच योग्य छ । अतुलनीय अनुसन्धान र विकाश भइरहने यस ब्राण्ड नवीनतामा अग्रसर छ जसले गर्दा जटिल प्रविधिपनि सजिलो यन्त्रमा परिणत हुन्छ ।


ADVERTISEMENT

# # #


आईएम एस ग्रुपले नेपालमा हाललाई विभिन्न १० मोडलहरु उपलब्ध छन् । यी सँगै नयाँ मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने आई एम एस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले जानकारी दिए ।

आईएम एस ग्रुपले नेपालमा हाल उपलब्ध गराएका मोडलहरुः

Mavic 2 Zoom
Spark Controller Combo White
Mavic Air Black
Mavic Air White
Tello Global
Phantom 4 Pro V2.0
Spark Fly More Combo Red
Tello Boost Combo
Osmo Mobile 2
Osmo Mobile 2 Part 1 Base
साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ । प्रमुख कार्यकारी निर्देशक मलहोत्राले भने, “फेरी पनि अर्को अन्तर्राष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डिजेआई ड्रोन नेपाली बजारमा भित्र्याउन पाएकोमा हामी एकदमै खुसी छौं । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायप्रति हामी एकदमै सकारात्मक छौ । हाम्रो लक्ष्य भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो ।”

आईएम एस ग्रुप सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आई एम एस सन् १९९८ मा पहिलो पटक नेपालमा मोबाइल भित्र्याउने आधिकारिक ग्रुप हो । यस ग्रुपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ ।