काठमाडौं– मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान दबाबमा परेको छ ।


ADVERTISEMENT


पहिलो ८ ओभरमा ६ विकेट गुमाउँदै ११ रन बनाएको भुटानले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि ललित राजबंशी र सन्दिप लामिछानेले समान ४–४ ओभर बलिङ गर्दै समान ३–३ विकेट लिए ।

४ ओभर बलिङ गरेका ललितले २ मेडन फाल्दै ४ रन खर्चिए भने सन्दिपले २ मेडन राख्दै ६ रन खर्चिए ।

यअसघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो ।