काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल नेपालमै हुने निश्चित भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने जनाएको छ ।


ADVERTISEMENT


आईसीसीका अनुसार नेपाल र केन्याबीचको खेल आगामी फागुन २८ र ३० ९मार्च ११ र १३ ० गर्ने यसअघि नै पक्का गरिसकेको थियो तर यसअघि आईसीसीले खेल मैदान भने तोकेको थिएन । पछिल्लो समयमा अपडेट गरिएको वेबसाइटमा नेपाल र केन्याबिचको खेल कीर्तिपुरमा हुने बताइएको छ।


ADVERTISEMENT

# # #


लिगमा चौथो चरणको खेल सकिदासम्म नेपाल ६ अंक सहित अंक तालिकाको छैठौं स्थानमा छ । नेपालले ८ खेलमा ३ मा जित र ५ खेलमा हार बेहोरिसकेको छ । केन्या ८ अंकसहित लिगको पाँचौ स्थानमा छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवा न्यु गिनी, तेस्रोमा हंगकंग र चौथोमा स्कटल्यान्ड छन् । नेपालभन्दा पछि नामिबिया र यूएई छन् ।
प्रतियोगिताको लागि नेपालले दोस्रो चरणमा २४ सदसिय नेपाली टोलि समेत छनोट गरिसकेको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले दोस्रो चरणमा २४ खेलाडी छनोट गरेका हुन् । प्रतियोगिताको अभ्यासका लागि  लागि नेपाली टोलि यसै साता भारत जाने छन् ।