काठमाडौँ– नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व वडा दशैंको छैटौं दिन कात्यायनी भगवतीको पुजाअर्चना गरिँदैछ ।


ADVERTISEMENT


साहसको प्रतीक भगवतीलाई यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ ।

हातमा चम्किलो खड्ग धारण गरेको शास्त्रमा चित्रण गरिएको छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरमा भक्तको उपस्थिति छ ।