काठमाडौं– नेपाली सेनाले दशैंको टीकाका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले उक्त दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो ।


ADVERTISEMENT


३० सिट क्षमता भएको सवारी साधन विभिन्न आठवटा रुटमा बिहान सात बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने सेनाले जनाएको छ । सेनाले अघिल्ला वर्षका दशैंमा पनि सर्वसाधारणलाई ओहोरदोहोर गर्न सास्ती हुने भन्दै निशुल्क बस सेवा सञ्चालन गर्दै आएको थियो ।


ADVERTISEMENT

# # #