बैतडी– श्रीमानले रक्सी सेवन गरेर हँसिया प्रहार गर्दा बैतडीको पञ्चेश्वरकी एक महिला घाइते भएकी छिन् ।


ADVERTISEMENT


पञ्चेश्वर गाउँपालिका–४ बर्तोली चौडेलीकी २७ वर्षीया ईन्द्रा चन्द श्रीमानको प्रहारबाट घाइते भएकी हुन् । उनका श्रीमान सुरेन्द्र चन्दले सोमबार दिउँसै रक्सी सेवन गरी श्रीमती ईन्द्रामाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिप्रकाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार श्रीमानको हँसिया प्रहारबाट ईन्द्राको कम्मरमा गहिरो चोट लागेको छ। घाइते श्रीमतीको हाल स्थानीय सैलोडा स्वास्थ्य–चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।