काठमाडौं– यूइएफ ए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इग्ल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि इंग्ल्याण्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सेभियामा भएको समुह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरेका थिए । निकै रोमाञ्चक बनेको खेलको ३८ मिनेट भित्र इग्ल्याण्डले तीन गोलको अग्रता बनाएको थियो ।


ADVERTISEMENT


खेलको १६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा रासफोडले टिमको अग्रता दुई शुन्यमा पुर्याए । सुरुवात देखि नै आक्रामक खेलेको इंग्ल्याण्डले ३८ औं मिनेटमा अर्को गोल थप्यो । उसका लागि स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा टिमको अग्रता तीन शुन्यमा पुर्याएका थिए ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा नै तीन गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कने राम्रो प्रयास गरेको थियो । जसमा उसले दुई गोल पनि फर्काएको थियो । ५८ औं मिनेटमा एल्काचेरले गोल गरे भने इन्जुरी समयको सातौ मिनेटमा सर्जियो रामोसले दोस्रो गोल गरे । तर स्पेनलाई हारबाट बचाउन सकेन ।