हाम्रो लागि यो चाडको समय हो । वडा दशैँ नेपालीहरुको लागि अत्यउन्तै महत्वपूर्ण चाड हो । यसलाई अत्यन्त श्रद्धाका साथ नेपालीहरुले मनाउँछन् । हिन्दू धमै बाहेककाले पनि मनाउँछन् । त्यसपछि दिपावली, नेपाल संवत्, छठ पनि अत्यन्त लोकप्रिय चाड हुन् । यो अवसरमा सबै नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई शुभकामना दिन चाहन्छु । यी चाडले हामी सबैलाई उत्साह र जाँगर थपोस् ।


ADVERTISEMENT


हामी सबैको आकांक्षा विकास र समृद्धिको पनि कामना गर्न चाहन्छु । त्यसका लागि देशका एउटा विधिको शासन स्थापित भयो भने भविष्यप्रतिको सुनिश्चितता हुन्छ ।


ADVERTISEMENT

# # #


लोकतान्त्रिक व्यवस्था अनुरुप देश चल्न सक्यो भने मलाई लाग्छ नेपाली जनताको समृद्धि बाटोमा पुग्ने आकांक्षा पनि पूरा हुनेछ भन्ने मलाई लाग्छ । यी चाडपर्वहरुले हामीलाई उत्साह र जाँगर पैदा गरोस् । यही म शुभकामना व्यक्त गर्न चाहन्छु ।

-प्रकाश शरण महत
नेता, नेपाली कांग्रेस