काठमाडौँ– गोरखा दरबारस्थित दशैँ घरबाट ल्याएइको फूलपाती सहितको डोली काठमाडौँको हनुमानढोका दरबारकामा भित्र्याएइको छ । विधिपूर्वक पूजाअर्चना गरेर निजी गोरखाबाट ल्याएइको फुलपातीलाई हर्षबढाईका साथ फूलपाती भित्र्याइएको हो ।


ADVERTISEMENT


सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रधानसेनापति पूर्णचन्द थापा लगायत उपस्थिित भएका थिए ।


ADVERTISEMENT

# # #


तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैँ घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहदै आएको छ ।

 

 

तस्बिरहरु : रासस