काठमाडौँ– नेपाल प्रहरीले बजारमा अझै पनि नक्कली नोट भएको हुनसक्ने भन्दै नागरिकलाई ध्यान दिन प्रहरीले आग्रह गरेको छ।


ADVERTISEMENT


प्रहरीले आजै नक्कली रुपैयाँ बनाउने सामाग्री र  ३ लाख ७० हजार बराबरको नक्क्ली रूपैयाँसहित पाँच जनालाई काठमाडौँबाट प्रक्राउ गरेको थियो । उक्त घटनाको बारेमा पत्रकार सम्मेलनमा बोल्दै
काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बजारमा नक्कली नोट अझै फेला परिरहेकाले सचेत रहन आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


‘बजारमा अझै पनि नक्कली नोट छन् भन्ने सूचना छ,’ एसएसपी लामाले भने, ‘हामीले गम्भीर तरिकाले अनुसन्धान गर्दैछौ, नागरिक नठगिउन् भन्ने हाम्रो भनाई हो।’

कसरी पत्ता लगाउने नक्कली नोट ?

प्रहरीले बरामद गरेका नक्कली नोट र सक्कली नोटमा बाहिरबाट हेर्दा उस्तै देखिए पनि गहिरीएर हेर्दा छुट्याउन सकिन्छ।

अहिले प्रहरीले बरामद गरेका नोटको पिन्ट अलि फिका हुन्छ। त्यसैगरी नक्कली नोटको सुरक्षा धागो हुँदैन, ताकी टल्किँदैन। नक्किलीमा मसिनो धब्बा हुन्छ, टल्कीने डोरी हुँदैन।

सक्कली नोटमा खाली ठाँउमा लालीगुराँसको छाप हुन्छ, नक्कलीमा त्यो हुँदैन। सक्कली नोटलाई कुच्याउँदा पछि पहिलाकै आधारमा आउँछ, नक्कली नोट भने कुच्चीनै रहन्छ।

नक्कली नोट बिजाएर गणना गर्दा पनि थाहा हुन्छ नक्कली भिज्छ, सक्कली त्यती भिज्दैन, भिजे पनि गल्दैन।