काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलले अब चुलोचुलामा बिजुलीको तार पुगाउने बताएका छन् । यसघि पहिले ग्यास घरघरमा भनेकामा अब विद्युतीय चुल्हो घरघरमा लैजाने सरकारको योजना उनले सुनाएका हुन् ।


ADVERTISEMENT


मंगलकार साझा यातायातले सञ्चालनमा ल्याएको विद्युतीय बस उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले फेरि अर्को योजना सुनाएका हुन् । उनले भने, “त्यतिबेला घरघरमा ग्यास पाइपभन्दा धेरै चर्चित भयो, त्यो शुरु भइसकेको पनि छ, अब हाम्रो योजना विद्युतीय चुल्हो हो ।” ग्यासको सिलिण्डर पुर्याउन नसकिने बस्तीलाई एकीकृत र व्यवस्थित बस्ती बनाउनेमा उनको जोड छ ।


ADVERTISEMENT

# # #


उनले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युतले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्ने बताउँदै प्रधानमन्त्री ओलीलले भने, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।”

उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उनले बताए । आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उनको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उनले बताए । उनले भने, “अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ ।”