भैरहवा– भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कालोपत्रे (पिच) को काम मंगलबारदेखि सुरु भएको छ ।


ADVERTISEMENT


२०१९ को जुलाई १६ अघि नै संचालनमा ल्याउने लक्ष्य राखिएको बिमानस्थलमा मंगलबार नेपाल सरकारको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पिच कामको सुरुवात गरे । विमानस्थलमा रहेको ३ किमी रन वेको सव बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


‘धावनमार्गको काम सम्पन्न गर्नका लागि सरकारले दिएको समय ६ महिना हो’ पर्यटन मन्त्री अधिकारीले भने ‘तर उहाँहरुले (ठेकेदार) ४ महिना सम्पन्न गर्छौ भन्नुभएको छ’ यस्तो भएमा ठेकेदारलाई सरकारले सम्माने गर्ने मन्त्री अधिकारीले बताए । सरकारले रनवे पिचको काम ६ महिना भित्र पूरा गर्न आयोजनालाई निर्देशन दिएको उनले जानकारी दिए ।

ठेकेदारका प्रतिनिधीले मन्त्री अधिकारीसमक्ष धावनमार्ग निर्माणका लागि ८० प्रतिशत नदीजन्य पादर्थलगायत अन्य साम्रगी भण्डारण गरेकाले समयअवधी अघि नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

रनवे सम्पन्न भएलग्त्तै आन्तरिक उडानहरु पनि नयाँ रनवेबाट हुनेछ र हाल संचालनमा रहेको रनवे ट्याक्सीवेमा परिणत हुन्छ । सञ्चालनमा रहेको रनवेलाई पूर्वतर्फ २ सय मिटर र पश्चिमतर्फ २ सय मिटर बढाएर त्यसलाई ट्याक्सीवेको रुपमा प्रयोग गरिने बताइएको छ । ट्याक्सीवेको कुल लम्बाई १ हजार ९ सय मिटर हुनेछ । त्यस्तै यस धावनमार्गसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्य पनि जोडिएको छ।

पिचको काम ४ महिना भित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । ६ महिनापछि बिमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान सुरु हुने जानकारी मन्त्री अधिकारीले दिए । आन्तरिक उडानपछि सबै पक्रिया पूरा गरेर अन्तराष्ट्रिय उडान सुरु गर्ने उनले प्रतिबद्धता जनाए । तस्बिरहरु : मन्त्री अधिकारीको ट्वीटरबाट