काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।


ADVERTISEMENT


आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताएका सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका पनि आग्रह गरे ।


ADVERTISEMENT

# # #


तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे । सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन भन्दै पार्टीका सबै नेता, कार्यकर्तालाई सम्झाए ।