श्याम ठाकुर, सिरहा– कल्याणपुर नगरपालिका वडा नं. ९ बस्ने राजदेव यादवको छोरा १८ वर्षीय अजय कुमार यादवलाई कटुवा पेस्तोल थान १ तथा एसएलआर राईफलमा प्रयोग हुने गोली राउण्ड १ सहित प्रहरीले बुधबार मिर्चैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


ADVERTISEMENT


पक्राउ परेका अजय कुमार यादवले मंगलबार राती करिब ९ः४५ बजेको समयमा मिर्चैया नगरपालिका वडा नं. ३ बस्ने खगेश्वर यादवको घरमा लुटपाट गर्न खोजेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेका अजय यादवलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चैयमा राखी थप अनुसन्धान भइरहेको र लुटपाट गर्नखोज्ने अन्य २ जना व्यक्तीहरु फरार रहेको तथा खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवत्ता माधव राज खरेलले जनाएका छन् ।